“प्रथम शैलुङ कप” उपाधि फेदाली युथ क्लब भुषाफेदाको कव्जा

चरिकोट – दोलखाको शैलुङ गाउँपालिकामा आयोजनामा भएको“ प्रथम शैलुङ कप २०७६ ” फेदाली युथ क्लब भुषाफेदाले कव्जा गरेको छ । आज भएको फाइनल खेलमा फेदाली युथ क्लब भुषाफेदाले आयोजक नव शैलुङ लालीगुरास समाजलाई ३–१ गोल अन्तरले पराजीत गर्दै उसले उपाधि जितेको हो । उपाधिसँगै उसले एक लाख ११ रुपैयाँ नगद सहित प्रथम शैलुङ कप, मेडल र प्रमाण पत्र हात पारेको छ।
प्रतियोगितामा दोश्रो नव शैलुङ लालीगुराँस समाजले नगद ५० हजार ५ सय ५५ सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यसैगरि सान्त्वना हुने स्टार शैलुङ क्लब शैलुङ ३ र शैलुङ शिखर स्पोर्ट क्लबलाई नगद २० हजार ११ रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । विजेता टिमलाई ३ प्रदेशका सांसद पशुपति चौलागाई र गाउँपालिकाका प्रमुख भरत दुलालले पुरुस्कार वितरण गरेका थिए ।
नव शैलुङ लालीगुरास समाज शैलुङ, खाँडादेवी समाज शैलुङ ६ र स्टार शैलुङ क्लब शैलुङ ३ को संयुक्त आयोजनामा भएको प्रतियोगिताको ३ प्रदेश नम्बरका समाजिक विकास मन्त्री युवराज दुलालले उद्धघाटन गरेका थिए ।

Shares

Be the first to comment on "“प्रथम शैलुङ कप” उपाधि फेदाली युथ क्लब भुषाफेदाको कव्जा"

Leave a comment

Your email address will not be published.


*