प्रथम विगु कपको उपाधी लादुकलाई

सयर बिश्वकर्मा
लादुक, मंसिर २१
दोलखाको विगु गाउँपालिकामा आयोजित प्रथम विगु कपको उपाधी लादुकले पाएको छ ।
विगु गापाको वडा नम्बर ४ मा भएको सो फुटबल प्रतियोगितामा वडा नम्बर ६ आलम्पुलाई २–० अङ्कले पछि पार्दै लादुकले उपाधी हात पारेको हो ।
विगु गाउँपालिका वडा नम्बर ४ मा रहेको तिन पोखरी युवा क्लबद्धारा आयोजित प्रतियोगितामा आलम्पु उपविजेता भएको छ । शान्ती आदर्श मावि तृतिय र वडा नम्बर ३ सान्त्वना भएको गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए ।
बिजेता समुहलाई शुक्रबार क्रमश ः ५० हजार, ३० हजार र तृतिय र सान्त्वनालाई १०–१० हजार रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रयोगितामा बेस्ट प्लेयर आर्मन थामी, म्यान अफ द म्याच राम मल्ल ठकुरी र बेष्ट स्पाइकर पहलमान थामी भएका अध्यक्ष खड्काले बताए ।
मंसिर १७ देखि सुरु भएको प्रतियोगितामा ८ समुहको सहभागिता रहेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा तिन पोखरी युवा क्लबका अध्यक्ष बिनोद खड्का, गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, जिल्ला फुटबल संघका अध्यक्ष गोबिन्द श्रेष्ठ लगायत मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "प्रथम विगु कपको उपाधी लादुकलाई"

Leave a comment

Your email address will not be published.


*