प्रथम प्रकाश स्मृति कप खुला फुटबलको उपाधी प्लानिङ ब्वाइजले जित्यो

 

चरिकोट–दोलखाको सदरमुकाम चरिकोटमा भएको प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधी प्लानिङ ब्वाइज काडाँघारी भक्तपुरले जितेको छ । आज भएको फाइनल खेलमा जिल्ला फुटवल संघ दोलखालाई २–१ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधी जितेको हो । विजेता प्लानिङ ब्वाइजले नगद रु दुई लाख ५० हजार शिल्ड तथा मेडल प्राप्त गरेको छ । त्यसैरी उपविजेता जिल्ला फुटवल संघ दोलखाले एक लाख २५ हजार शिल्ड तथा मेडल हात पार्न सफल भएकोछ । खेलका विजेता टोलीलाई खानेपानी मन्त्री विना मगर नगद तथा टर्फी प्रदान गरिन ।

Shares

Be the first to comment on "प्रथम प्रकाश स्मृति कप खुला फुटबलको उपाधी प्लानिङ ब्वाइजले जित्यो"

Leave a comment

Your email address will not be published.


*