प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिता शुरु

चरिकोट –पालिका स्तरीय प्रथम भिमेश्वर उपमेयर कप महिला भलिवल प्रतियोगिता मंगलबारबाट दोलखाको सदरमुकाम चरिकोटमा सूरु भएको छ ।
प्रतियोगिताको ३ नंम्बर प्रदेशकी सांसद सरस्वति बस्नेतले उद्धघाटन गर्दै प्रतियोगिताले नयाँ खेलाडी विकास गर्न सहयोग पुग्ने बताइन । भिमेश्वर नगरपालिकाका मेयर भरत के.सीले नगरपालिकाले खेल विकासमा विभिन्न प्रतियोगिता गर्दै आएको बताए । यस्ता प्रतियोगिताले खेलकुद विकास गर्न सहयोग पुग्ने बताए ।

प्रतियोगितमा ६ वटा टिमको सहभागिता रहेको छ । जारी प्रतियोगितामा भिमेश्वर नगरपालिकाको २ वटा , गौरीशंकर क्याम्पस तथा जिरी नगरपालिका ,गौरीशंकर गाँउपालिका तथा कालिन्चोक गाउँपालिकाका १ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम , द्धित्तिय तथा तृत्तिय टिमले क्रमस ३० हजार,२० हजार,१० हजार नगद ,सिल्ड ,मेडल तथा प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिता शुरु"

Leave a comment

Your email address will not be published.


*