प्रतिष्ठानलाई ३० लाख रुपैयाँ बराबरको तीन रोपनी जग्गा दान

बाबुराम शर्मा (चरिकोट) ः बुस्ती, नाम्दु, मुदी, छाप, बेताने लगायतका जगन्नाथका सन्तानले स्थापना गरेको वैतेश्वर गाउँपालिका–६ स्थितको डिठ्ठा जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानलाई डिठ्ठाकै सन्ततिले ३० लाख रुपियाँ बराबरको तीन रोपनी जग्गाा दान दिनु भएको छ । वडा नम्बर ६ मा कुलदेवता सूर्यदेवी सहित सूर्य पाञ्चायन र छोरी वायुको मन्दिर निर्माण गर्न सो जग्गा दान दिनु भएको प्रतिष्ठानका कोषाध्यक्ष राजेश उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा दान दिनेहरुमा स्व. जगन्नाथका १७ भाइ छोरामध्ये जीवनाथ उप्रेतीकी बुहारी (साविक नाम्दु गाउँ पञ्चायतका प्रधानपञ्च ) स्व.रामचन्द्र उप्रेतीकी धर्मपत्नी उर्मिला र छोरा सौरभ उप्रेती हुनु हुन्छ । जग्गा पारित गरी लालपूर्जा समेत हस्तान्तरण गरिएको छ । समाजसेवी शारदा उप्रेती घिमिरेको विशेष पहल कदमीमा सो जग्गा दान उपलब्ध भएको हो । जग्गा प्राप्त भएसँगै अब मन्दिर निर्माण गरी पूजाआजा गर्न र प्रतिष्ठानका कृ्रयाकलापलाई अगाडि बढाउन सजिलो भएको प्रतिष्ठानका अध्यक्ष एवम पशुपति क्षेत्र विकास कोषका पूर्व निर्देशक रमेश उप्रेतीले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि दाताहरुको खोजी गरी आर्थिक सङकलन गरेर छिटोभन्दा छिटो निर्माण सुरु गर्ने तयारीमा लागेको प्रतिष्ठानका सचिव हिरण्यराज उप्रेतीले जानकारी दिनुभयो । आफ्नो धर्म संस्कृतिको स्थायित्वका लागि यसरी जग्गा दान गर्नाले पिता पुर्खाले आर्जन गरेको प्रतिष्ठा बढेको धारणा डिठ्ठाकै सन्नति एवम वैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले राख्नु भयो ।

Shares

Be the first to comment on "प्रतिष्ठानलाई ३० लाख रुपैयाँ बराबरको तीन रोपनी जग्गा दान"

Leave a comment

Your email address will not be published.


*