प्रतिवन्धित लागूऔषध सहित एक किशोर पक्राउ

चरिकोट –जिल्ला प्रहरी कार्यालय दोलखाले प्रतिवन्धित लागूऔषध सहित एक किशोर पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ का १८ वर्षीय अबे तामाङ अबे तामाङ रहेको दोलखा प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए । उनलाई बिहीबार जिल्लाको भीमेश्वर नगरपालिका–३, चरिकोट बजारबाट प्रतिवन्धित लागूऔषध (नाईट्रोभेट र रेगब) सहित पक्राउ गरेको पनि प्रहरीले बताएको छ । उनको साथबाट ४८ थान नाईट्रोभेट र रेगब १७ थान बरामद गरिएको छ । तामाङलाई दोलखा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अन्य आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "प्रतिवन्धित लागूऔषध सहित एक किशोर पक्राउ"

Leave a comment

Your email address will not be published.


*