प्रचण्डलाई प्रधान मन्त्रीको केपी ओलीको प्रश्न ‘म भ्रष्टाचारी भएको पुष्ट गर्न सक्नुहुन्छ?’

काठमाडौ –नेकपामा अहिले पाटीका कार्यकारी अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले १९ पृष्ठ प्रतिबेदन पेस गरेसँगै पाटीमा विबाद अहिले छरपस्ट भएको छ । पाटीका अर्का अध्यक्ष एमबं प्रधानमन्त्री केपी शर्मा ओलीले १३ गतेको बैठकमा प्रतिबेदन पेस गर्ने सहमति भएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली नीकटका नेता पनि १३ गते बैठकको लागि प्रतिबेदन गर्न लगाइएको बताइएको छ । उक्त प्रतिबेदनमा प्रचण्डले पेस गरेको प्रति उत्तरमा ओलीले आफू भ्रष्टाचार विरोधी भएको, प्रचण्डले नै भ्रष्टाचार गर्न खोजेको आरोप प्रस्तावमा लगाएका छन्। यो आरोपसँगै आफू भ्रष्टाचारी भनी कसैले लगाएको आरोप इतिहासको इजलासमा दर्ता नहुने दाबी पनि ओलीले गरेकाे देशसंन्चारले प्रकाशन गरेकाे समाचार उल्लेख गरिएको छ ।

प्रचण्डले आफ्नो प्रस्तावमा भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिशनखोरी नियन्त्रण र समाप्त गर्नेतर्फ कुनै सार्थक पाइला नचालेको आरोप ओलीलाई लगाएका थिए। ओलीले जनतासँग जनाएको प्रतिवद्धता अनुसार सुशासन दिन नसकेको प्रचण्डको आरोप थियो। प्रचण्डले प्रस्तावमा सोधेका थिए, ‘भ्रष्टाचारका अनेकौँ प्रकरण भए। यस्ता प्रकरणहरुमा अख्तियार प्राप्त निकायले छानबिन गरी सम्बन्धित व्यक्ति निर्देष वा दोषी भए नभएको निर्क्यौल गर्नुपर्नेमा आरोपित व्यक्तिहरु निर्दोष रहेको घोषणा गर्नुभयो?’ओलीले त्यसको जवाफमा भनेका छन्, ‘मलाई भ्रष्टाचारको आरोप लगाइएको छ। तर तपाईँको विगत र हालको चाहना जनतासँग स्पष्टरुपमा पुग्यो भने के हुन्छ? यो यति गम्भीर विषय हो, जसलाई यतिकै छोड्न मिल्दैन। तपाईले पार्टीका नीति या विधानसम्बन्धी प्रश्नमा मात्रै मलाई लान्छित गर्नु भएको छैन। मुलुकको संविधान र कानुन आकर्षित हुने फौजधारी प्रकृतिका आरोपसमेत लगाउनु भएको छ। यति गम्भीर आरोप लागेको मानिस आत्मालोचना गरेर मात्रै उम्किन सक्दैन।’ओलीले आरोप पुष्टि हुँदा राज्यको कानुन र पार्टीको विधान अनुसार कारवाहीको भागीदार बन्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘तपाईँलाई मेरो चुनौती छ कि आरोप पुष्टि गर्नुहोस् र राज्यको कानुन र पार्टी विधान अनुसार मलाई कारबाही गर्नुहोस् । कि त अँफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने दृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्।

Shares

Be the first to comment on "प्रचण्डलाई प्रधान मन्त्रीको केपी ओलीको प्रश्न ‘म भ्रष्टाचारी भएको पुष्ट गर्न सक्नुहुन्छ?’"

Leave a comment

Your email address will not be published.


*