प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनका टिम तय

दोलखाको सदरमुकाम चरिकोटमा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनलका चार टिम तय भएका छन् ।

प्रथम प्रकाश स्मृती कपको सेमिफाइनल खेलमा प्लानिङ ब्वाइज काँडाघारी भक्तपुर, एपिएफ, दीपशिखा नैकाप काठमाडौँ र दोलखा जिल्ला फुटबल सङ्घ पुगेका छन् । प्लानिङ ब्याइज र काभ्रे फुटबल सङ्घ विच आज भएको क्पाटरफाइनलको खेलमा ३–२ गोलअन्तरले हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनमा पुगेको छ । मङ्गलबार भएको पहिलोे खेलमा चितवन एघारलाई २–१ गोलअन्तरले हराउँदै एपिएफ सेमिफाइनमा पुगेको थियो ।  त्यसैगरी मङ्गलबार नै भएको दोस्रो खेलमा दीपशिखा नैकापले कुमारी फुटबल क्लब काठमाडौँ क्लबलाई ५–० गोलअन्तरले हराउँदै सेमिफाइनमा पुगेको थियो । सोमबार भएको क्वार्टर फाइनलमा दोलखा जिल्ला फुटबल सङ्घले सानो गौचारण काठमाडौँलाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

सेमिफाइनलका दुई खेल विहिवार हुने भएको छ । सेमिफाइनलको पहिलो खेल दोलखा जिल्ला फुटवल संघ र दिपशिखा नैकाप विच विहान ८ बजेबाट हुने भएको छ । त्यसै गरी दोस्रो खेल दिउँसो एपिएफ नेपाल र प्लानिङ ब्वाइज विच हुने आयोजकले जनाएको छ ।

दाहालको स्मृतिमा आयोजना गरिएको खेलमा विजेताले नगद रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख २५ हजार साथै शिल्ड तथा मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका विभिन्न क्लब तथा फुटबल सङ्घ गरी १२ टिमको सहभागिता छ । खेल मङ्सिर ७ गतेसम्म चल्ने छ

https://www.facebook.com/dexain.daily/

Shares

Be the first to comment on "प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनका टिम तय"

Leave a comment

Your email address will not be published.


*