पौरखी कृषि सहकारी संस्थामा चोरीको प्रयास,भल्टमा रहेको नगद सुरक्षित

चरिकोट, दीक्षण समाचार: दोलखाको सदरमुकाम चरिकोटमा रहेको पौरखी कृषि सहकारी संस्थामा चोरीको प्रयास भएको छ। मंगलबार अज्ञात व्यक्तिले भेन्टिलेसनको ग्रिल हटाएर सहकारीमा प्रवेश गरी बुधबार भल्ट फुटाउन खोजेका थिए। सहकारीका अध्यक्ष हरिहर न्यौपानेका अनुसार चोरले ढोका तोड्न सफल भए पनि पैसा चोर्न सकेनन्। चोरीको प्रयासमा सिसिटीभीको हार्डडिक्स चोरी भएको छ भने केही भौतिक संरचनामा क्षति पुगेको छ। भल्टमा रहेको १ लाख ४४ हजार ३ सय रुपैयाँ सुरक्षित रहेको संस्थाले जानकारी दिएको छ।

Shares

Be the first to comment on "पौरखी कृषि सहकारी संस्थामा चोरीको प्रयास,भल्टमा रहेको नगद सुरक्षित"

Leave a comment

Your email address will not be published.


*