पोषण सम्बन्धी गोष्ठी सम्पन्न

SAMSUNG CSC

दीक्षण समाचार चरिकोट, –दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम दिगोपना सुनिश्चितता र सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठि बिहीबार सम्पन्न भएको छ । गोष्ठिमा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले नगरको पोषण तथा स्वास्थ्य अवस्था सुधारका लागि नगर संवेदनशील रहेको र विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । नगरले स्वास्थ्य, कृषि, शिक्षा लगायतका कार्यक्रम मार्फत स्वस्थ, निरोगी र दक्ष नागरिक निर्माणका लागि काम गरिरहेको उहाँले सुनाउनु भयो । नगरप्रमुख मानन्धरले सुआहारा परियोजनाले स्वास्थ्य तथा पोषणको क्षेत्रमा गरेको कार्यहरुको प्रशंसा गर्दै त्यसको दिगोपना र निरन्तरता आवश्यक रहेको सुनाउनु भयो । उहाँले प्राप्त स्रोतसाधनको परिचालन गरी नगरको विकास र समृद्धिका कामलाई तीव्रता दिइएको सुनाउनु भयो । गोष्ठिमा सुआहारा दोस्रोका दोलखा संयोजक लबहरी बुढाथोकीले सुआहारा परियोजना र बहुक्षेत्रीय पोषण योजनाको परिचय सहित यसले गरेका कार्य प्रगती र आगामी योजनाबारे प्रस्तुतीकरण गर्नु भएको थियो । समुदायमा पोषण सुधारका लागि एकल प्रयासले मात्र सम्भव नहुने भएकोले सबै पक्ष र सबै निकायको समन्वय र सहकार्य आवश्यक रहेको उहाँले सुनाउनु भयो ।
भीमेश्वर नगरपालिकाको स्वास्थ्य, शिक्षा, कृषि, पशु विकास र सामाजिक विकास शाखाले स्वास्थ्य र पोषणसँग सम्बन्धित सम्पादन गरेको कामबारे शाखा प्रमुखहरुले जानकारी दिएका थिए । हजार दिनकी आमा यमूना थामी, महिला स्वास्थ्य स्वंयमसेविका कल्पना बस्नेत, आमा समूहका संयोजक लक्ष्मी थामीले आफ्ना अनुभव प्रस्तुत गर्नु भएको थियो ।
ग्रामीण विकास टुकी संघ दोलखाका अध्यक्ष मकरध्वज पाख्रिनले स्वस्थ नागरिकले मात्र समुदाय र देश विकासमा योगदान दिन सक्ने भएको बताउँदै स्वस्थ नागरिक हुनका लागि पोषणको जरुरी हुने बताउनु भयो । उहाँले पोषणयुक्त खानाको स्रोत कृषि र पशुपालनलाई व्यापक बनाउनु पर्नेमा जोड दिनु भयो । स्वास्थ्य तथा पोषणको क्षेत्रमा काम गर्न १६ बुँदे प्रतिबद्धता पनि गरिएको छ ।

Shares

Be the first to comment on "पोषण सम्बन्धी गोष्ठी सम्पन्न"

Leave a comment

Your email address will not be published.


*