पोर्चुगल र स्पेनबीच प्रतिष्पर्धा हुँदै

एजेन्सी । विश्ववकप फुटबलअन्तर्गत समूह सि को खेलमा पोर्चुगल र स्पेन प्रतिस्पर्धा गर्दैछन् । एक पटक विश्वकप विजेता स्पेन र उपाधि विहीन पोर्चुगलबीच यो विश्वकपमा आ–आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । रसियाको सोची शहरस्थित फिष्ट रंगशालामा नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा यी दुई टिमबीचको खेल सुरु हुनेछ । आफ्नो पहिलो खेलमा नै जित हात पार्दै अघि बढ्ने लक्ष्यमा दुबै टिम रहेका छन् ।

हेड टु हेड

पोर्चुगल र स्पेनबीच अहिलेसम्म ३५ वटा खेलमा प्रतिस्पर्धा भएको छ । अहिलेसम्मको नतिजालाई हेर्ने हो भने स्पेन हावी भएको देखिन्छ । स्पेनले १७ खेल पोर्चुगललाई पराजित गरेको छ भने ६ खेलमा पराजित भएको छ । त्यस्तै, स्पेन र पोर्चुगलले १२ खेलमा बराबरी खेलेका छन् ।

सन् २०१० को विश्वकप फुटबलमा पोर्चुगल र स्पेनबीच अन्तिम १६ मा भेट भएको थियो । जुन खेलमा पोर्चुगल स्पेनसँग १—० गोल अन्तरले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो । यही विश्वकपको उपाधि स्पेनले जितेको थियो ।  सन् २०१२ मा युरोकपमा पोर्चुगल र स्पेनबीच सेमिफाइनलको खेलमा भेट भएको थियो । जुन खेलमा स्पेनले पेनाल्टीमा पोर्चुगललाई ४—२ गोलले पराजित गर्दै फाइनल पुगेको थियो । युरो कप २०१२ को उपाधि पनि स्पेनले जितेको थियो ।

Shares

Be the first to comment on "पोर्चुगल र स्पेनबीच प्रतिष्पर्धा हुँदै"

Leave a comment

Your email address will not be published.


*