पेशागत महासंघ नेपाल दोलखाका प्रथम जिल्ला अधिवेशन सम्पन्न

दीक्षण समाचार
चरिकोट, फागुन ९
पेशागत महासंघ नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी निकट सो महासंघको अधिवेशन मंगलबार चरिकोटमा सम्पन्न भएको हो ।
अधिवेशनले गोपालध्व श्रेष्ठको अध्ययतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा उपाध्यक्षमा सिताराम दहाल, अर्चनाकुमारी झा, सचिवमा प्रकाश दहाल, सहसचीवमा गोविन्द कार्की र कोषाध्यक्षमा नवीनकुमार खतिवडा चयन हुनु भएको छ । यज्ञप्रसाद घिमिरे, बिप्र खड्का, जीवन शर्मा रिमाल, कृष्ण शिवाकोटी, पर्शुराम कार्की, राजु बुढाथोकी, वीरबहादुर दहाल राधाकृष्ण शिवाकोटी, कृष्णप्रसाद रिमाल सदस्यमा चयन हुनु भएको छ । अधिवेशनले गोपालध्वज श्रेष्ठ र अर्चना कुमारी झा लाई केन्द्रिय प्रतिनिधि र प्रकाश दहाल, नवीनकुमार खतिवडा र केशब कार्कीलाई प्रदेश अधिवेशन प्रतिनिधि तोकेको छ ।

Shares

Be the first to comment on "पेशागत महासंघ नेपाल दोलखाका प्रथम जिल्ला अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*