पेट दुखेमा यसो गर्नुहोस

एजेन्सीः व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ ।आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीले पेट ठीक पार्ने उपायहरू बताएका छन् ।
दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो मिसाउनुस् ।अब त्यसमा आधी चम्चा सुकेको अदुवाको धूलो हाल्नुस् । यो घोललाई मधुरो आगोमा पाँच मिनेटसम्म तताएर काँढा बनाउनुस् । तयार भएको काँढाको चार चार चम्चा बिहान र बेलुका पिउनुस् । पेट ठीक हुन्छ । हरीतकी वा हरडको धूलो बिहानबेलुका महसँग लिने गर्नुस् । आधी आधी चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाने गर्नुस् । दिनदिनै दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउनुस् । एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमाल्नुस् ।मनतातो भएपछि पिउनुस् । दिनदिनै हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट राख्नुस् । एक चौथाइ चम्चा सुकेको अदुवाको धूलो, एक चम्चा सूप र आधी चम्चा मिश्री मिसाएर दिनदिनै बिहान बेलुका खानुस् ।दिनमा चारचोटि एक गिलास मनतातो पानी पिउनुस् ।

Shares

Be the first to comment on "पेट दुखेमा यसो गर्नुहोस"

Leave a comment

Your email address will not be published.


*