पेट्रोलको पैसा माग्‍दा घरमै बोलाएर गोली हानियो

कात्तिक ६, २०७६ जनकपुरधाम : जनकपुरधाममा एक ठेकेदारले घरमै बोलाएर पेट्रोल पम्प व्यवसायीलाई बुधबार बिहान हत्या गरेका छन्। लेनदेनको विषयमा विवाद हुँदा धनुषाको सपहीमा रहेको श्री बाबा पेट्रोल पम्पका सञ्‍चालक मनोज साहलाई ठेकेदार पंकज चौधरीले हत्या गरेका हुन्। रकमको लेनदेन विषयमा फोनमा विवाद भएपछि चौधरीले साहलाई घरमा बोलाएका थिए। बिहान साढे ९ बजे साह आफ्ना साथी अमित साहलाई लिएर चौधरीको घर पुगे। घरमा समेत लेनदेनको विषयमा चर्चाचर्की भयो। त्यसपछि चौधरीलाई साहलाई त्यही गोली ठोके। अमित जसोतसो त्यहाँबाट भाग्न सफल भए। प्रहरी चौकी मुलेयाले गोली चलेको थाहा पाएलगत्तै घटनास्थल पुगेर साहको उद्धार गरी अञ्‍चल अस्पताल पुर्‍याए पनि अस्पतालले साहलाई मृत घोषित गर्‍यो। लगत्तै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले चौधरीलाई परोसीको घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको छ।पक्राउ परेका चौधरीको साथबाट एक थान अटोमेटिक पेस्तोल र १९ राउण्ड गोली बरामद भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट समेत एक थान पेस्तोल र लोड भएको ३ राउण्ड गोली बरामद भएको छ। चौधरीले नै साहलाई गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र यस विषयमा अनुसन्धान भइरहेको एसपी खनालले बताए।क्राउ परेका चौधरी ठेकेदार रहेको प्रहरीले जनाएको छ। मृतक साहसँगै चौधरीको घर पुगेका अमित साह भन्छन्, ‘मलाई मनोजले फोन गरेर चौधरीको घरमा जाने भन्यो। म छोराछोरीलाई विद्यालय पुर्‍याएर साहलाई भेटेँ। सँगै चौधरीको घर गएपछि लेनदेन विषयमा चर्काचर्की भयो। लगत्तै चौधरीले पेस्तोल निकालेर गोली ठोक्यो। त्यसपछि म जसोतसो त्यहाँबाट भागेँ।’ साहकै पम्पबाट पेट्रोल कारोबार स्रोतका अनुसार साहले सञ्‍चालन गरेको पेट्रोल पम्पबाट ठेकेदार चौधरी पेट्रोलको कारोबार गर्थे। सोही पेट्रोलको रकम चौधरीले लामो समयदेखि दिने गरेका थिएनन्। पटकपटक माग्दा उनले अनेक बहाना बनाएर आजभोलि गर्दै आएका थियो। साहले फोन गरी चौधरीसँग रकम माग्दा विवाद भएको थियो। मृतक

Shares

Be the first to comment on "पेट्रोलको पैसा माग्‍दा घरमै बोलाएर गोली हानियो"

Leave a comment

Your email address will not be published.


*