पूर्व तयारी प्रतिकार्य योजना सार्वजनिक

काठमाडौं ः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले बुधवार सो योजना सार्वजनिक गरेको हो ।
बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने उल्लेख छ । जेठ २१ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त कार्ययोजना पारित गरेको उक्त अवसरमा जानकारी दिइएको थियो ।
प्राधिकरणले यो वर्ष मनसुनमा १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ ।

Shares

Be the first to comment on "पूर्व तयारी प्रतिकार्य योजना सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*