पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट भीमेश्वरमा क्षमापूजा

चरिकोट(दीस)ः प्रशिद्ध भीमेश्वर मन्दिरमा पुर्व राजा ज्ञानेन्द्र शाहका प्रतिनिधि आएर क्षमा पुजा गरेका छन् । शुक्रबार विहान ९ बजेदेखि ११ बजेसम्म पुर्व राजाका पुरोहित भीम कुमार भट्टराई , उपसचिब कुमार श्रेष्ठ , शिव सेनाका प्रबक्ता राम चन्द्र खड्का तथा दोलखाका केही स्थानीय सहित सहभागि भई भीमेश्वर मन्दिरमा क्षमा पुजा गरिएको हो ।
नागरिक तथा राष्ट्रमा कुनै पनि अनिष्ट नहोस भनी क्षमा पुजा गरिएको उक्त पुजामा सहभागि एक प्रतिनीधिले जानकारी दिनु भयो । यही महिना दोलखा भीमेश्वरको शिलामा पसिना आएपछि उक्त पसिना पुछिएको कपास (महाप्रसाद) लिएर दोलखाबाट बिष्णु थापा, पूरुस्वत्तम के.सी,कृष्ण थपलिया , शुभराज विमली लगायतको टोली काठमाडौं स्थित पुर्व राजा ज्ञानेन्द्र शाहको निबासमा जानु भएको थियो । उक्त कपास सहित महाप्रसाद पाएसँगै पुर्व राजा ज्ञानेन्द्र शाहले दोलखा भीमेश्वरमा प्रतिनिधी पठाएर क्षमा पुजा गराउनु भएको बताइएको छ ।

Shares

Be the first to comment on "पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट भीमेश्वरमा क्षमापूजा"

Leave a comment

Your email address will not be published.


*