पुल निर्माण भएसँगै आवतजावतमा सहज

राजकुमार भुजेल (निर), चरिकोटः भीमेश्वर नगरपालिकाको वडा नम्बर ५ र ७ को विचमा रहेको कैजाले खोलामा स्टिल ट्रस पुल बनेपछि स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको छ । पुस्तौँदेखि उक्त खोलामा व्यवस्थित पुल नहुँदा स्थानीयबासी बर्खाको समयमा काठे पुलमा ज्यान जोखिममा राखेर दैनिक आउजाउ गर्न बाध्य भएकोमा स्टिल ट्रस पुल निर्माण भएपछि आवतजावत गर्न सहज भएको हो ।
पुल निर्माणका लागि संघिय सरकारको ८५ प्रतिशत नगद अनुदान तथा स्थानीय निकाएको १३ प्रतिशत र २ प्रतिशत उपभोक्ताबाट गरी करिब ३५ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको भिमेश्वर नगर कार्यपालिका कार्यालयका फोकल पर्सन लिलाबहादुर जिरेलले जानकारी दिनुभयो । पुलको लम्बाई २८ मिटर रहेको छ । खोलामा स्टिल ट्रस पुल बनेपछि स्थानीयलाई आवतजावत गर्न निकै सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । यो खोलाबाट दिनहुँ सयौको संख्यामा मानिसहरू आवतजावत गर्दछन् । अहिले पुल निर्माण भएपछि बर्खायाममा महाङकाली भगवती मन्दिर को दर्शन गर्न र स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको छ । शनिबार दुवै वडाका वडाअध्यक्षले पुलको स्थलगत अनुगमन गर्नुभएको थियो ।

Shares

Be the first to comment on "पुल निर्माण भएसँगै आवतजावतमा सहज"

Leave a comment

Your email address will not be published.


*