पुर्ननिर्माणको पर्खाइमा बैतेश्वरको शिवालय मन्दिर

इश्वर दाहाल
चरिकोट, फागुन १८
मिर्गे वैत्यश्वर गाउँपालिका ३ चिलाउनेखर्कमा रहेको कालिढुङ्गा सिवालय मन्दिर भुकम्प गएको ४ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ को विनाशकारी भुकम्पले क्षतविक्षत भएको मन्दिर अहिले सम्म निर्माणका लागि कसैको ध्यान जान नसकेको हो । मन्दिर भएको स्थान बाट स्थापना भएको कालिढुङ्गा माबि अहिले मिर्गे मजुवामा रहेको छ त्यस्तै कालिढुङ्गाका नाम बाट धेरै सङ्घ संस्थाहरुको नामाङ्कन भएका छन तर मन्दिर भने पुनः निर्माणको पर्खाइमा रहेको स्थानीय टेक बहादुर थापाले बताए । थापाका अनुसार कालिढुङ्गा सिवालय मन्दिरको निर्माणका लागि वडा तथा पालिकामा समेत पहल गर्दा केही सुनुवाइ नभएकोमा गुनासो समेत पोखे । मन्दिर पुर्ण रुपमा क्षति हुनुका साथै मन्दिरमा रहेका घन्ट त्रिशूल समेत हराएको र निर्माणकार्यका लागि कसैले चासो नदिएकाले धार्मिक तथा ऐतिहासिक रुपमा रहेको कालिढुङ्गा सिवालय मन्दिर पुननिर्माण प्राधिकरणले लागत सङ्कलन गरे पनि पुननिर्माणको सुचिमा पर्न नसकेको अर्का स्थानीय भगिरथ दाहालले जानकारी दिए । मन्दिर १०० वर्ष भन्दा पुरानो र प्राचीन तथा धार्मिक रुपमा रहेको कालिढुङ्गा सिवालय मन्दिरको पुनः निर्माणको लागि स्थानीय वडा कार्यलय साथै वैत्यश्वर गाउँपालिकाको ध्यान जान आवश्यक छ ।

Shares

Be the first to comment on "पुर्ननिर्माणको पर्खाइमा बैतेश्वरको शिवालय मन्दिर"

Leave a comment

Your email address will not be published.


*