पुरानो भवनबाट सेवा प्रवाहमा समस्या

ईश्वर बिश्वकर्मा ÷चरिकोट, –२०७२ को विनाशकारी भूकम्पछि जिल्ला स्थित सरकारी कार्यालयको पक्की भवन बनेपनि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अहिले सम्म पक्की भवन निर्माण हुन सकेको छैन । पशुपालक किसानहरुको समस्या समाधान गरिदिने भवन अभावकै कारण दोलखा र सिन्धुपाल्चोक कार्य क्षेत्र रहेको सो केन्द्रले सहज र प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन् । आफुले पालेका बिरामी पशुपन्छी उपचार गर्न केन्द्रमा आउने किसानहरुको संख्या बढ्दो छ । तर पूरानो र साँघुरो भवनबाट कठिनपूर्वक सेवा प्रवाह गर्न बाध्य हुनुपरेको केन्द्रका डाक्टर निशान्त शर्माले बताउनुभयो । कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाको लागि त्यही मात्रामा कोठाको आवश्यक पर्छ । तर साँघुरो र थोरै कोठाका कारण किसानलाई उच्च गुणस्तरको उपचारात्मक तथा प्राविधिक सेवा दिन कठिन भएको छ । “अहिले भवन अभावमा अल्ट्रासाउण्ड, एक्सरे लगायतका प्रयोगशालाहरु सञ्चालनमा कठिनाइ भएको छ । यसरी कठिनाइका बाजबुद सेवा प्रवाह गर्नु हाम्रो बाध्यता हो ।”डाक्टर निशान्त शर्माले भन्नुभयो “किसानहरु सेवा पाउने आशले केन्द्रमा आएपछि भवन अभाव छ भनेर हात बाँधेर बस्ने कुरा पनि भएन । सेवा दिन खोज्यो भवनका कारण कठिन छ । यो विषयमा मन्त्रालयलाई जानकारी गराइएपनि अहिलेसम्म भवन निर्माण हुन सकेको छैन ।” दोलखा र सिन्धुपाल्चोक जिल्ला कार्य क्षेत्र रहेको केन्द्रको चरिकोटमा मुख्य कार्यालय हो । जहाँ एक तले एक वटा प्रिफ्याप भवन र एक वटा पूरानो भवन रहेको छ । ती भवनबाट कार्यालय मात्र चलाउन सकिने तर अत्याधुनिक प्रयोगशालाहरु सञ्चालन गर्न उपयुक्त नभएको डाक्टर शर्माले बताउनुभयो ।
यो वर्ष डिपिआर निर्माण हुने
केन्द्रमा भवन निर्माणको लागि वर्षेनी बजेट प्राप्त हुन्छ । तर त्यो बजेट भवन निर्माण हुन नसकेपछि फिर्ता हुने गरेको छ । गत आव २०७७÷०७८ मा १ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । तर जनशक्ति अभाव तथा कोभिड १९ संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनको कारण केन्द्रले नयाँ भवन पाउन सकेन ।
यो वर्ष पनि १ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त भएपनि डिपिआरको लागि प्राप्त नहुँदा भवन निर्माण नहुने निश्चित भएको डाक्टर शर्माले बताउनुभयो । “गएको वर्ष जनशक्तिको अभाव र कोभिडका कारण भवन निर्माण हुन सकेन ।
यो वर्ष पनि भवन निर्माणको लागि मात्रा बजेट प्राप्त भएको तर डिपिआरका लागि बजेट प्राप्त नभएपछि भवन निर्माण नहुने पक्का भयो ।” उहाँले भन्नुभयो “भवन निर्माण सुरु गर्न पहिले डिपिआर तयार गर्नुपर्छ । तर मन्त्रालयले भवनको लागि मात्र बजेट पठायो, डिपिआरको लागि बजेट पठाएन । जसले गर्दा भवन निर्माण सम्भव भएन ।” मन्त्रालयले डिपिआरको लागि रकम रकमान्तर गर्ने योजना बनाएको र केन्द्रले पनि त्यो चाहना अनुरुप पहल र सक्रियता देखाएको छ । डाक्टर निशान्त शर्माले यो वर्ष डिपिआर तयार हुने र आगामी आवमा भवन निर्माण हुने सुनाउनुभयो । भवन अभावमा सेवा प्रवाहमा समस्या छ । त्यसको समाधानको लागि भवन निर्माण गर्ने सम्बन्धित निकायको सहयोग आवश्यक रहेको उहाँको भनाई छ ।

Shares

Be the first to comment on "पुरानो भवनबाट सेवा प्रवाहमा समस्या"

Leave a comment

Your email address will not be published.


*