पुराणको आम्दानी–खर्च सार्वजनिक

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा असोज महिनामा लगाइएको श्रीमद् देवी भागवत पुराणको खर्च विवरण सार्वजनिक गरिएको छ । मंगलवार पत्रकार सम्मेलन गरी आयोजकले आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिेएको हो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पुराणमा १४ लाख ६६ हजार चारसय एकचालिस रुपैया संकलन भएको तथा ११ लाख ४८ हजार चारसय बयालिस रुपैयाँ खर्च भएको थियो । सबै खर्च कटाई ३ लाख १७ हजार नौसय आठ रुपैयाँ बाकी रहेको पुराण ब्यवस्थापन समितिका सचिव बालकृष्ण आचार्यले जानकारी दिनुभयो । बाँकी रहेको रकम कोषमा जम्मा गर्ने तथा आगमी दिनमा उपयुक्त स्थान फेला परेपछि दुर्गा मन्दिर निर्माण गर्नमा प्रयोग गरिने उक्त सम्मेलनमा जानकारी दिइएको थियो ।

Shares

Be the first to comment on "पुराणको आम्दानी–खर्च सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*