पुनर्निर्माणमा बजेट अभाव

सीता तमाङ
चरिकोट, ९ फागुन
दोलखामा बजेटको अभावको कारण भुकम्प पीडितलाई अनुदान रोकिएको छ । अनुदान भुक्तानीका लागि जिल्ला करिब डेढ महिना अघिदेखि एक अरब बजेट माग गरेकोमा १० करोड मात्र प्राप्त भएको हो ।
निजी आवास पुर्न निर्माणको भुकम्प पीडितहरुलाई भुक्तानीको लागि मात्रै २९ करोड २२ लाख बजेट परेकोमा एक तिहाइ मात्र बजेट प्राप्त भएको हो । १० करोड बजेट आएपनि आइतबारसम्म अनुदान भुक्तानीका लागि सिफारिस भएका भुकम्प पीडितहरुलाई भुक्तानी दिन मात्रै १९ करोड २२ लाख बजेट अपुग भएको राष्ट्रिय पुर्न निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई अनुादन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाले जानकारी दिएको छ ।
तत्कालका लागि १० करोड मात्र बजेट प्राप्त भए तापनि थप बजेट केही दिन भित्रै प्राप्त हुने कार्यालयकी शाखा अधिकृत रीता लम्सालले जानकारी दिइन् । यसरी लामो समयसम्म बजेट अभावका कारण माग २२ गतेदेखि भुक्तानी रोकिदा अनुदान भुक्तानीका लागि सिफारिस भएका २ हजार ४६५ भुकम्प पीडितले अनुदान पाउन सकेका छैनन् । जस अनुसार २१३ भुकम्प पीडितको पहिलो ११३५ दोस्रो र १११४ को तेस्रो किस्ता अनुदान भुक्तानी रोकिएको छ ।
समयमा भुक्तानी नपाउँदा भुकम्प पीडितहरुको निजी आवास निर्माण हुन सकेको छैन । माग पहिलो सातासम्म सिफारिस भएका भुकम्प पीडितहरुको किस्ता भुक्तानी दिए पनि त्यसपछिको निकासा राकिएको कार्यालयका कम्प्युटर अपरेटर टिका जोशीले जानकारी दिए । बजेट नभए तापनि कार्यालयमा दैनिक ५० देखि ३ सयसम्म किस्ता सिफारिस आउने गरेको छ ।

Shares

Be the first to comment on "पुनर्निर्माणमा बजेट अभाव"

Leave a comment

Your email address will not be published.


*