पुत्रविगोय सबैभन्दा ठूलो शोक रहेछः प्रचण्ड

  काठमाडौं । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका हरेक युवायुवतीमा स्वर्गीय छोरा प्रकाशलाई देखेको बताएका छन् ।

स्वर्गीय प्रकाशको सम्झनामा बिहीबार प्रचण्ड निवासमा श्रद्धाञ्जली सभा राखिएको थियो, जहाँ शीर्ष नेताहरुका साथै कूटनीतिक नियोगका प्रतिनिधि समेत उपस्थित थिए ।

कार्यक्रममा प्रचण्डले आफ्ना छोराको सम्झनामा दिएको वक्तव्य बाचन गरिएको थियो ।

त्यसमा भनिएको छ, ‘प्रकाश अब छैनन् । तर, देशका हरेक युवा युवतीमा हामीले प्रकाश देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविश्यका लागि अझ धेरै महनत गर्नुपर्छ भन्नेमा निष्कर्षमा अझ दृढ भएका छौं ।’

आफू पूर्णकालिन राजनीतिमा लागेका कारण बाल्यकालमा छोरालाई समय दिन नपाएको उनले स्मरण गरे ।

सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दा फेर्दै पढाइ लथालिंग भएको भन्दै उनले भने, ‘अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन् । बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बुबाको रुपमा उनीमाथि न्याय गर्न सकिनँ ।’

Shares

Be the first to comment on "पुत्रविगोय सबैभन्दा ठूलो शोक रहेछः प्रचण्ड"

Leave a comment

Your email address will not be published.


*