पुटिनको डेड्ली हतियार, जसले मानव सम्यता नै सिध्याउन सक्छ

एजेन्सी – नपरमाणु बम, न मिसाइल नै चल्ने छ, न युद्ध नै हुनेछ । तर, पनि एक यस्तो हतियारबारे चर्चा भइरहेको छ, जसले केही समयमा नै पूरै विश्वबाट मानव जाती नै लुप्त पार्न सक्नेछ ।  खबरअनुसार रुसले यस्तै एक भयानक महाविनाशक हतियार गोप्य रुपमा तयार पारिरहेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ल्याबमा डेडली बवण्डर तयार हुँदै गरेको छ । जसले कुनै पनि देशको नामोनिशान नै मेटाउन सक्ने दावी गरिएको छ ।  पुटिनले विश्वलाई हल्लाउने बायालोजिकल हतियार तयार पारेको खबर पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय मिडियामा छाइरहेको छ ।  रुसमा वैज्ञानिक यस हतियारको सोधमा रातदिन जुटेका छन् । ल्याबमा इबोला र सबैभन्दा खतरनाक भाइरस मारवर्गलाई मिलाएर एक भयानक हतियार बनाउन थालेको बताइएको छ । सिधा भन्नुपर्दा एक यस्तो जैविक हतियार जो परमाणु बम भन्दा पनि हजारौं गुणा शक्तिशाली हुनेछ ।  विदेशकुनै पनि मानिसको जीवन सिध्याउनका लागि मात्र केही सेकेन्ड नै काफी हुनेछ । रुसको खुफिया एजेन्सीको एक युनिट अप्रेशन–६८२४० माथि काम गरिरहेको छ । पुटिनले यो भाइरसको नाम टोलेडो कोड नाम दिएको पनि बताइएको छ । यस अप्रेशन अन्तर्गत रुपमा खतरनाक भाइरस तयार पारिँदै गरिएको छ । रुसी रक्षा मन्त्रालयमा एक गुप्त युनिट छ । जसको नाम सेन्ट्रल रिसर्च इन्स्टीट्युट हो । यसले अहिले निकै घातक भाइरसमाथि अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दावी गरेका छन् ।

Shares

Be the first to comment on "पुटिनको डेड्ली हतियार, जसले मानव सम्यता नै सिध्याउन सक्छ"

Leave a comment

Your email address will not be published.


*