जिल्ला अदालत दोलखाद्धारा २ लाख पीडितलाई क्षतिपूर्ति

चरिकोट(दीस)ः जबरजस्ती करणी मुद्दाका तीन जना पीडितले राज्य कोषबाट क्षतिपूर्तिबापतको साढे दुई लाख रुपियाँ पाएका छन् । दोलखामा उनीहरुले पहिलो पटक क्षतिपूर्ति पाएका हुन् ।
नेपाल सरकार बादी रहेको मुद्दामा सर्वोच्च अदालत पीडित राहत कोषको सचिबालयबाट प्राप्त साढे दुई लाख रुपियाँ क्षतिपूर्तिबापत पहिलो पटक प्रदान गरिएको अदालतका जेस्तेदार शिबकुमार पोखरेलले जानकारी दिनुभयो । मुलुकी अपराधसंहिता २०७४ को दफा ४ बमोजिम क्षतिपूर्तिबापतको राहत प्रदान गरिएको पोखरेलको भनाई रहेको छ ।
फैसला कार्यान्वयन सिलसिलामा जिरी नगरपालिकाका एक लाई ५० हजार, बिगु गाउँपालिकाका एक लाई एक लाख रुपियाँ र भीमेश्वर नगरपालिकाका एक जना पीडितलाई अन्तरिम राहतस्वरूप क्षतिपूर्तिबापतको एक लाख रुपियाँ दिइएको जिल्ला अदालत दोलखाले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "जिल्ला अदालत दोलखाद्धारा २ लाख पीडितलाई क्षतिपूर्ति"

Leave a comment

Your email address will not be published.


*