पीएसजीको सपना चकनाचुर, बायर्नलाई छैटौँपटक च्याम्पियन्स लिगको उपाधि

चरिकाेट ।   पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।पीएसजीकै पूर्वखेलाडी किङ्ग्सले कोमानले ५९ औँ मिनेटमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बनेको थियो । जोसुवा किमिचको क्रसमा कोमानले गोल गरेका थिए ।बायर्नका प्रशिक्षक ह्यान्सी फ्लीकका लागि यो सिजन निकै फलदायी रह्यो । गत नोभेम्बरमा अन्तिम प्रशिक्षकका रुपमा टोलीको नेतृत्व सम्हालेका उनले टोलीलाई च्याम्पियन्स लिगको उपाधि पनि जिताउन सफल भएका छन् ।

उता, पीएसजीका दुई सुपरस्टार स्ट्राइकर नेयमार र किलियान एम्बाप्पेका लागि खेल निरश रह्यो । उनीहरुले खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने पहिलो हाफमा अवसरहरु पाउँदा पनि उनीहरुलाई म्यान अफ द म्याच म्यानुअल न्युअरले निराश बनाएका थिए ।

पीएसजीले सन् २०१६ को अप्रिल यता ३५ खेलपछि पहिलोपटक युरोपियन प्रतियोगितामा गोल गर्न असफल रह्यो ।

पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफमा भने बायर्नले खेलमा नियन्त्रण बनाउँदै छैटौँपटक उपाधिमाथि कब्जा जमायो ।

Shares

Be the first to comment on "पीएसजीको सपना चकनाचुर, बायर्नलाई छैटौँपटक च्याम्पियन्स लिगको उपाधि"

Leave a comment

Your email address will not be published.


*