पिसीआर भन्दा एन्टिजेनमा जोड

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २५
दोलखामा पिसीआर प्रविधिबाट कोरोना जाँच गर्न चरिकोट अस्पतालमा प्रयोगशाला स्थापना गरिएको छ । पिसीआर जाँचका लागि संकलित नमूना स्वाब अन्यत्र पठाउने झन्झटबाट मुक्तिका लागि बैशाख २२ देखि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशाला सञ्चालनमा आएको केही सातासम्म जिल्लाका २ सय जना सम्मको नमुना स्वाब जाँच गरिदैँ आइएको थियो । प्रयोगशालाको क्षमता भन्दा बढी स्वाब प्राप्त हुन्थे । जसले कामको चाप हुँदा पिसीआर जाँचमा ढिलाइ हुन्थो । प्रयोगशालाका स्वास्थ्यकर्मी तथा प्राविधिकहरुलाई एकमिनेट पनि फुर्सद हुदैन थियो । तर अहिले उनिहरु पिसिआर जाँचका लागि नमूना स्वाब प्राप्त नभएपछि फुर्सदिला हुन थालेका छन् । कामको चाप कम हुन थालेको छ । कूनै दिन त पिसीआर हुदैँ नभएको पनि रेकर्ड राख्न थालिएको छ । स्थानीय तहले नतिजा छिटो आउने एन्टिजेन कीटमार्फतको कोरोना जाँचलाई व्यापकता दिदाँ पिसीआर प्रविधिको जाँचको दायरा घटेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जून पौडेलले बताए । प्रमुख पौडेलले भने ‘खर्च कम, समयको बचतसगैँ सहज हुने भएकोले एन्टिजेन जाँचलाई पालिकाहरुले प्राथमिकता दिएका छन् । जसले गदा पिसीआर जाँच कम हुन थालेको हो ।’ पिसिआर जाँचका लागि अत्याधुनिक प्रविधिसहितको प्रयोगशालाको आवश्यकता पर्छ । यसबाट १ व्यक्तिको नतिजा आउन तिन घण्टासम्म लाग्दछ । तर एन्टिजेन जाँच कीटमार्फत हुने भएकोले नतिजा १५ देखि २० मिनेटमा आउँछ । जसले गर्दा पालिकाहरु यसैमा आकर्षित भएका छन् । पिसिआरको तुलनामा एन्टिजेन भरपर्दाे हो त भन्ने जिज्ञासाको उत्तर दिदैँ प्रमुख अर्जून पौडेलले भने ‘पिसिआर पनि सतप्रतिशत भरपर्दाे र विश्वासयोग्य छैन् । यद्यपी एन्टिजेनको दाँजोमा पिसिआर धेरै प्रभावकारी रहेको छ । तर एन्टिजेन पनि उतिकै प्रभावकारी छ । केही प्रतिशत मात्र भेद रहेको छ ।’ एन्टिजेन परीक्षणका लागि कीटको आवश्यकता पर्दछ । उक्त कीट स्वास्थ्य कार्यालयमा पर्याप्त मात्रामा मौज्दात रहेको छ । केही दिनअघि प्रतिपालिका ३ सय वटाको दरले ९ वटै पालिकालाई वितरण गरिएको थियो । स्वास्थ्य कार्यालयको मंगलबार आद्यवधिक आँकडाअनुसार विभिन्न स्थानबाट संकलित र अस्पतालमैँ संकलित गरी ३२ जनाको मात्र स्वाबको पिसिआर जाँच गरिएको थियो भने १ सय ८२ जनको एन्टिजेन जाँच गरिएको थियो । जाँच गरिएकामध्ये ५९ जना नयाँ संक्रमित थपिएका आँकडामा उल्लेख गरिएको छ । साथै २४ घण्टाको अवधिमा पिसीआरका लागि स्वाब संकलन समेत गरिएको छैन् । यही आँकडाले पुष्टि गर्दछ कि जिल्लामा पिसीआर भन्दा एन्टिजेनलाई प्राथमिकता दिन थालिएको भन्ने कुरा ।

Shares

Be the first to comment on "पिसीआर भन्दा एन्टिजेनमा जोड"

Leave a comment

Your email address will not be published.


*