नेपाल पब्लिक क्याम्पस संघ दोलखाको अध्यक्षमा शान्त के.सी

चरिकोट (दीस) ः नेपाल पब्लिक क्याम्पस संघ दोलखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा शान्त के.सीलाई चयन गरेको छ । शनिबार सदरमुकाम चरिकोटमा भएको अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । संघको उपाध्यक्षमा प्रताप स्मृति कलेज सिँगटीका दिपक दाहाल, सचिवमा चरिकोट बहुमुखी क्याम्पसका डम्बर प्रसाद चौलागाईं , सहसचिवमा त्रिपुरा क्याम्पस नाम्दुका नवराज घिमिरे, कोषाध्यक्षमा हनुमन्ते क्याम्पस काब्रेका यज्ञराज खतिवडालाई अधिवेशनले चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा बालकृष्ण फुँयाल, भीमबहादुर थापा, केदार बहादुर जिरेल, सुष्मा लम्साल र कमल कार्कीलाई चयन गरिएको पब्लिक क्याम्पस संघ दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "नेपाल पब्लिक क्याम्पस संघ दोलखाको अध्यक्षमा शान्त के.सी"

Leave a comment

Your email address will not be published.


*