नेपाली काँग्रेसको दोलखाको बैठक श्रावण २३ गते

चरिकोट(दीस)ः नेपाली काँग्रेसको संगठन सुदृढिकरण अभियान अन्तर्गत आन्तरिक विशेष अभियान अन्तर्गत केन्द्रय सदस्य मधु आचार्य दोलखाका लागि प्रतिनिधि तोकिनु भएको छ । श्रावण २० गते देखि ३० गतेसम्म संचालन हुने राष्ट्रब्यापी विशेष अभियान संचालनका लागि नेपाली काँग्रेस केन्द्रीय समितिले आचार्यलाई दोलखाका लागि प्रतिनिधि खटाएको हो ।
श्रावण २० देखि ३० गते सम्म संचालन हुने आन्तरिक विशेष अभियान अन्तर्गत केन्द्रीय सदस्य मधु आचार्यलाई दोलखाका लागि प्रतिनिधि तोकेको नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिनुभयो । सोही अभियान अन्तर्गत श्रावण २३ गते नेपाली काँग्रेस दोलखाको जिल्ला पार्टी समितिको बैठक आह्वान गरिएको सभापति लामाको भनाई रहेको छ ।

Shares

Be the first to comment on "नेपाली काँग्रेसको दोलखाको बैठक श्रावण २३ गते"

Leave a comment

Your email address will not be published.


*