पालिकाको सेवा प्रवाह बन्द, स्कुल पनि बन्द

दीक्षण समाचार
चरिकोट, बैशाख १६
दोलखाको शैलुङ गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु अनिश्चितकालीन रुपमा बन्द गरिएको छ। यहाँ स्थित १ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको र पालिकाका कर्मचारीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका कारण पालिकाकाबाट प्रदान हुने सेवाहरु बन्द गरिएको हो । पालिकाले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्म पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु तथा विद्यालय समेत बन्द गरिएको जानकारी गराएको छ । पालिका अध्यक्ष भरत दुलालका अनुसार शिक्षकका सम्पर्क भएका कर्मचारीहरुमा कोरोना संक्रमण भएनभएको पुष्टि गर्न केही दिनपछि परीक्षण गरिने बताए ।
वडाको सेवा प्रवाह बन्द
उत्ता जिल्लाको जिरी नगरपालिका वडा नं. ३ स्थित वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । वडाध्यक्ष नुर्वु शेर्पाद्धारा हस्ताक्षिरित सूचना जारी गर्दै वडाबाट प्रवाह गरिने सेवाहरु बैशाख २० गतेसम्म बन्द हुने जनाएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी अतिआवश्यक काम बाहेक सबै सेवा बन्द गरिएको वडाले जनाएको छ ।
कार्यालयमा स्वास्थ्य मापदण्ड अपनाउनु
भीमेश्वर नगरपालिकाले कोरोना महामारीलाई मध्यनजर गरी पालिका कार्यालय तथा ९ वटै वडा कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण परिपालना गर्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै यस्तो निर्देशन गरेको हो । साथै कोरोना प्रभावित देशहरुबाट आएका मानिसहरुको विवरण संकलन गरी पालिकाको स्वास्थ्य शाखामा तत्कालन आद्यवधिक गराउन समेत अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "पालिकाको सेवा प्रवाह बन्द, स्कुल पनि बन्द"

Leave a comment

Your email address will not be published.


*