नेपालद्वारा नेदरल्यान्ड्सलाई २१७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपालले एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई २१७ रनको चुनौति पेश गरेको छ । नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा २१६ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए । उनले  नेपालका लागि छटो अर्धशतक बनाउने खेलाडीको रेकर्ड पनि राख्न सफल भए । सोमपालले ३८ बलमा अर्धशतक बनाएका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए ।

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै विकेट गुमाएपनि मध्यम स्कोर बनाउन सफल भएको हो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएर आउट भए । कप्तान खड्काले ६५ बलमा ५० रन पूरा गरेका थिए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।

त्यस्तै, नेपालका लागि दीपन्द्रसिंह ऐरीलाई १९ रन रनआउट हुन पुगे । सुवास खकुरेलले १९, आरिफ शेखले १६, ज्ञानेन्द्र मल्लले १३, रोहित कुमार पौडेलले ६, अनिल कुमार शाह ४ र बसन्त रेग्मी १ रनमा आउट भए

Shares

Be the first to comment on "नेपालद्वारा नेदरल्यान्ड्सलाई २१७ रनको लक्ष्य प्रस्तुत"

Leave a comment

Your email address will not be published.


*