पाखर कपको उपाधी दोलखा फुटबलसंघ लाई

 

चरिकोट– सिन्धुपाल्चोकमा भएको पाखर कप फुटबलको उपाधी दोलखा फुटबल संघले जितेको छ । आज भएको फाइनलमा नगरकोटको तथास्तू क्वललाई २–१ गोलअन्तरले हराँउदै दोलखाले उपाधी आफ्नो पोल्टामा पारेको हो । पहिलो हाफमा १–१ को गोल भएको थियो । पहिलो हाफ्को २५ मिनेटमा तथास्तु क्वलका अनिल के.सीले टिमको लागि पहिलो गोल गरेका थिए । त्यसको सात मिनेट पछि दोलखाका असोक तामाङले दोलखा तर्फबाट गोल गर्दै खेल १–१ को बराबरीमा भएको थियो ।दोस्रो हाफको खेल सकिन सात मिनेट बाँकी छँदा दोलखाका उद्धव खत्रीले दोलखाका लागी अर्को गरेसँगै दोलखाले २–१ अन्तरले हराउँदै उपाधी जितेको दोलखा फुटवल संघका महासचिव कौरव पाण्डेले बताए ।
। विजेता दोलखा फुटबल संघले २ लाख २२ हजार २ सय २ रुपैया तथा उपविजेता नगरकोटको तथास्तू क्वलले एक लाख ११ हजार एक सय रुपैया साथै मेडल तथा प्रमाण पत्र पाएका छन ।

Shares

Be the first to comment on "पाखर कपको उपाधी दोलखा फुटबलसंघ लाई"

Leave a comment

Your email address will not be published.


*