पाइलेमा भेटिएको वस्तु बम नभएको पुष्टि

दीक्षण समाचार
चरिकोट, मंसिर १
दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ३ स्थित पाइलेमा फेला परेको शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाइलेको जंगलमा फेला परेको शंकास्पद वस्तु बम नभई पुरानो रेडियो रहेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक राजेश सिग्देलले पुष्टि गर्नु भयो । बिहीबार बिहान ११ बजे जंगलमा बम जस्तो वस्तु देखिएको भन्दै डराएर स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । सो स्थानमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोली पुगेर अनुसन्धान गर्दा उक्त वस्तु बम नभएको पुष्टि भएको प्रहरी निरीक्षक सिग्देलले बताउनु भयो ।

Shares

Be the first to comment on "पाइलेमा भेटिएको वस्तु बम नभएको पुष्टि"

Leave a comment

Your email address will not be published.


*