पाँचौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माविलाई

चरिकोट (दीस) ः भीमेश्वर नगरस्तरीय पाँचौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि कालिन्चोक माविले जितेको छ । आज सकिएको प्रतियोगितामा ६ स्वर्ण, ५ रजत, ५ काश्य गरी १६ पदक सहित उसले पहिलो हुँदै उपाधि जितेको हो । त्यसैगरी सुर्के मावि खरिढुङ्गाले ५ स्वर्ण, ५ रजत, १ काश्य गरी ११ पदक प्राप्त गरी प्रतियोगितामा दोस्रो भएको छ । त्यसैगरी ५ स्वर्ण, १ काश्य गरी ६ पदक सहित सर्व माविले तेस्रो स्थान प्राप्त गरेको छ ।प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ५० हजार , दोस्रो हुने विद्यालयले नगद ३० हजार र तृतिय हुनेले विद्यालयले २० हजार नगद सहित ट्रफि ,मेडल तथा प्रमाण पत्रमा पाएका थिए । प्रतियोगितामा विजयी विद्यालय तथा खेलाडीलाई प्रतिनिधीसभाका सांसद गंगा कार्कीले शिल्ड मेडल , प्रमाण र ट्रफि प्रदान गर्नु भएको थियो । मंगलबारबाट सुरु भएको प्रतियोगितामा भीमेश्वरका १८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता भीमेश्वर नगरपालिकाको आयोजना तथा कालिञ्चोक मावि चरिकोटको व्यवस्थापनमा भएको हो । समापन कार्यक्रममा प्रदेशसभा सांसद भरत बहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धर , उपमेयर कमला बस्नेत ,प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल प्रबक्ता तारानाथ चौलागाई , वडा नं ३का अध्यक्ष हरीशरण शिवाकोटी , कालिञ्चोक माविका प्रअ शम्भु गौतम ,विद्यालयका शिक्षक , विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "पाँचौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माविलाई"

Leave a comment

Your email address will not be published.


*