पाँचकिलो नजिकै स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोक (दीस) ः जिल्लाको लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रामेछापको बाम्ती भण्डारबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपियो दुर्घटनामा परी चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार स्कारपियो सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा परेकालाई स्थानीयले राति नै उद्धार गरेका थिए । दुर्घटनामा परी घाइते भएकाहरुको उपचार काभ्रे स्थीत धुलिखेल अस्पतालमा भईरहेको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "पाँचकिलो नजिकै स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*