पहिलो चौमासिकमा विगु गाउँपालिकाः ६ प्रतिशत योजनामा मात्र काम

अर्जून अपवाद
विगु–विगु गाउँपालिकाको यस आर्थिक वर्षको वजेट ३७ करोड २७ लाख ८ हजार रुपैंया खर्च गरेको छ । यसमा चालुतर्फ १७ करोड ८५ लाख २० हजार र पुँजिगततर्फ १९ करोड ४१ लाख ८८ हजार रुपैंया रहेको थियो । स्थानीय तहले यस आर्थिक वर्षमा १ सय ९२ ओटा योजनाहरु सञ्चालन गर्न बजेट निर्माण गरेको छ । स्थानीय तहले निर्माण गरेको बजेटमा पुर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसमा स्थानीय तहले आफ्नो कुल बजेटको २० प्रतिशत रकम विनियोजन गरेको गरेको गाँउपालिकाले जनाएको छ ।
बजेट कार्यान्वयनको पहिलो ४ महिना २०७५ साउन देखि कार्तिक मसान्तसम्म) लाई अध्ययन गर्दा बजेट कार्यान्वयनको अवस्था कमजोर देखिन्छ । गाउँपालिकाले सञ्चालन गर्ने १ सय ९२ योजनामध्ये ८ ओटा आयोजनाहरुमात्र सम्पन्न भएका छन् भने ३ ओटा आयोजना सम्झौता भएका गाउँपालिकाले जानकारी दिएको छ ।
गाँउपालिकाले यस आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने, बिउ, तरकारी, फलफूल भण्डारको लागि सोलार स्टोर स्थापना गर्ने, प्रत्येक वडामा एक नर्सरीको स्थापना, गाउँपालिका स्तरीय कृषि पाठशाला वा तालिम केन्द्रको स्थापना गर्ने योजना अगाडि सारेको थियो ।
यसैगरि पर्यटन क्षेत्रमा होमस्टेको विकास गर्ने योजनाहरु नीति तथा कार्यक्रममा राखिएपनि यस्ता कार्यक्रमहरुमा ठोस कामहरु भएको छैनन् । गाउँपालिका भित्र गरिने विकास निर्माणको कार्य चैत मसान्त भित्र ८० प्रतिशत कार्य सम्पन्न गरिनेछ भन्ने नीति तथा कार्यक्रमले राखेको लक्ष्य पहिलो ४ महिनाका आधारमा हेर्दा पुरा हुन कठिन देखिएको छ ।
सुचना तथा सञ्चारका क्षेत्रमा विगु गाउँपालिका दोलखाका अन्य स्थानीय तहहरुभन्दा अगाडी देखिन्छ। यस गाउँपालिकाको वेबसाइट अध्यावधिक निरन्तर भइरहेको देखिन्छ।
स्थानीय तहले सञ्चालन गर्नुपर्ने योजना सञ्चालन गति सुस्त देखिन्छ। पहिलो ४ महिनामा भएको प्रगतिलाई आधार मान्ने हो भने धेरै उत्साहजनक अवस्था नभएको जानकारले बताएका छन । दोश्रो चौमासिक सबैभन्दा धेरै काम गर्न सकिने गरेको छ । यसमा योजनावद्ध तरिकाबाट काम हुन सक्यो भने चैत मसान्त भित्र ८० प्रतिशत कार्य सम्पन्न हुने लक्ष्य कठिन देखिएको छ ।

Shares

Be the first to comment on "पहिलो चौमासिकमा विगु गाउँपालिकाः ६ प्रतिशत योजनामा मात्र काम"

Leave a comment

Your email address will not be published.


*