पहिरो पीडितलाई पूस्ताकालयको सहयोग हस्तान्तरण

चरिकोट(दीस)ः गौरिशंकर गाउँपालिका वडा नम्बर आठ खारेका पहिरो पीडितलाई गौरिशंकर सामूदायिक पुस्तकलायले सहयोग गरेको छ । पुस्तकलायले विहिवार उनीहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
एएसबी र रिड नेपालको सहयोग, गौरीशंकर सामुदायिक पुस्तकालयको समन्वय र गौरीशंकर गाउँपालिकाको सहकार्यमा पहिरो पीडितहरुलाई चामल, तेल, नून, दाल, चिनी, हर्लिक्स, औषधिलगायतका सामग्रहरु सहयोग गरिएको गौरिशंकर सामूदायिक पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । पहिरोले खारेको फाप्चीसल्लेका ३४ घरधुरी प्रत्यक्ष प्रभावित बनेको छ भने ५५ घरधुरीलाई पनि असर पारेको छ । उनीहरुको घरलगायत जग्गाजमिन समेत पहिरोले बगाएको थियो । अहिले उनीहरु त्रिपालमुनि बस्दै आएका छन् । पुस्तकालयले खारेमै पुगेर राहत वितरण गरिएको थियो ।

Shares

Be the first to comment on "पहिरो पीडितलाई पूस्ताकालयको सहयोग हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*