पहिरो पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

चरिकोट(दीस)ः गौरीशंकर गाउँपालिका वडा वडा नम्बर ७ र ८ का पहिरो पीडित परिवार लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शनिवार एक कार्यक्रमका विच बैदेशिक रोजगारमा रहेका दोलखालीहरुको तर्फबाट उनीहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । शनिवार वैदेशिक राजगारीमा रहेका दोलखालीहरुबाट संकलन भएको १ लाख ८५ रुपैयाँ हजार रुपैयाँ रकम गौरिशंकर गाउपालिकाका अध्यक्ष विश्वास कार्की मार्फत पीडित परिवारलाई प्रदान गरिएको दोलखाली समाज युएईका संस्थापक उपाध्यक्ष पुस्कर अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार दोलखा समाज जापानबाट प्राप्त भएको १ लाख ३५ हजार रुपैयाँ र दोलखाली समाज युएईबाट प्राप्त भएको ५० हजार रुपैयाँ शनिवार हस्तान्तण गरिएको हो । संकलित रकमको चेक दोलखा प्रदेशसभा ख का सांसद भरत बहारदुर केसीले गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीलाई हस्तान्तरण गर्नु भएको थियो ।

Shares

Be the first to comment on "पहिरो पीडितलाई आर्थिक सहयोग हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*