पहिरोमा परी तीन जनाको मृत्यु

रामेछाप(दीस) ः रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी तीन बालिकाको मृत्यु भएको हो । पहिरोमा परी बिमान तामाङकी १८ वर्षीया छोरी सिता तामाङ, पेमा तामाङकी १५ वर्षीया छोरी आशिका दोङ र बिमानको जेठा छोरा पदम तामाङकी छोरी लक्ष्मी तामाङको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । विहिबार गोकुलगंगा गाउँपालिका ६ फर्पुका बिमान तामाङको घर भन्दा माथिबाट पहिरो आएको स्थानीयले बताएका छन् ।

Shares

Be the first to comment on "पहिरोमा परी तीन जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*