पहिरोमा अभिभावक गुमाएका बालकलाई भीमेश्वर नगरपालिकाले पालपोषणका लागि मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने

चरिकोट (दीस)–शनिबार भीमेश्वर नगरपालिका वडा नं. ६ मा गएको पहिरोमा अभिभावक गुमाएका बालक शाहिल भुजेललाई पालपोषणका लागि भीमेश्वर नगरपालिकाले मासिक १० हजार रुपैयाँ  दिने निर्णय गरेको छ। भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले आज बसेको नगरकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको जानकारी दिएका छन्।

साथै, बैठकले पहिरोमा मृत्यु भएका ३ जनाका परिवारलाई मृत्यु संस्कारका लागि १ लाख र दाहसंस्कारका लागि ४५ हजार रुपैयाँ दिने निर्णय गरेको पनि उनले बताए।

भीमेश्वर नगरपालिका–६ मैदानेमा आएको पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । पहिरोले पुरिएर ४१ वर्षीय राजकुमार भुजेल, ३७ वर्षीया राधिका भुजेल र १५ वर्षिय सुजन भुजेलको मृत्यु भएको थियो भने ३ वर्षका बालक शाहिल भुजेललाई उद्धार गरिएको थियो ।

Shares

Be the first to comment on "पहिरोमा अभिभावक गुमाएका बालकलाई भीमेश्वर नगरपालिकाले पालपोषणका लागि मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने"

Leave a comment

Your email address will not be published.


*