पहिरोको कारण चरिकोट– सिंगटी सडकखण्ड अवरुद्ध

चरिकोट (दीस ) जिल्लाको उत्तरी क्षेत्र सिंगटी जोड्ने चरिकोट — सिंगटी सडकखण्ड अबरुद्ध भएको छ । शनिबार राती परेको अबिरल बर्षाका कारण सो सडक खण्ड अन्तर्गत पर्ने झर्मासी भन्ने स्थानमा सडक भासिएको र सडकको केहि भाग बर्षासँगै पहिरोले बगाएपछि यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिंगटीले जानकारी दिएको छ । सडक अबरुद्ध भएसँगै दोलखाको उत्तरी क्षेत्र सम्पर्क विच्छेद भएको छ । सदरमुकाम चरिकोटबाट सिंगटीतर्फ ओहोर दोहोर गर्ने सम्पूर्ण सबारीका साधन तथा यात्रुहरु बीच बाटो मा नै रोकिएको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "पहिरोको कारण चरिकोट– सिंगटी सडकखण्ड अवरुद्ध"

Leave a comment

Your email address will not be published.


*