पहिराेका कारण सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध

चरीकोट, ४ साउन (रासस) :निरन्तरको वर्षका कारण पहिरो जाँदा सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध भएको छ । केही दिनदेखि लगातार वर्ष भएपछि सो सडकखण्डको बैतेश्वर गाउँपालिका–८ देउरालीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बैतेश्वर गाउँपालिका–८ क्षत्रपा यवो देउरालीमा पहिराले सडकको ठूलो भाग बगाएपछि सडक अवरुद्ध भएको बैतेशवर गाउँपालिका–८ क्षत्रपाका वडाध्यक्ष शान्तबहादुर जिरेलले बताउनुभयो । बैतेश्वर गाउँपालिका र गौरीशङ्कर गाउँपालिका जाने उक्त सडक पहिराले भत्किएपछि सो क्षेत्रका नागरिकलाई आवतजावत गर्न समस्या भएको छ । भिरको बाटोमा सडकको ठूलो क्षेत्र पहिराले बगाएपछि आज बिहानैदेखि सवारी आवतजावत बन्द भएको र तत्काल सञ्चालन हुने अवस्था नभएको अध्यक्ष जिरेलले बताउनुभयो । पहिराले सडक अवरुद्ध गरेपछि क्षत्रपा, यवो, जुङ्गु, कसेरी, चेत्पु, हुक्पा, झयाकुलगायत क्षेत्रका स्थानीयवासीलाई समस्या भएको छ । वैकल्पिक सडक नहुँदा पहिराले सडक बगाएपछि उक्त क्षेत्रका नागरिकलाई खाद्यान्न ढुवानी तथा उक्त क्षेत्रमा उत्पादित आलु बजारसम्म निर्यात गर्नका लागि समस्या भएको छ ।

Shares

Be the first to comment on "पहिराेका कारण सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध"

Leave a comment

Your email address will not be published.


*