पशु अधिकारका लागि दोलखामा अन्तरक्रिया

ईश्वर बिश्वकर्मा
चरिकोट, माघ २९
दोलखाको सदरमुकाम चरिकोटमा पशुकल्याणका लागि बुधबार अन्तरक्रिया गोष्ठी कार्यक्रम गरिएको छ ।
पछिल्लो समय पशुप्रति बढ्दै गएको दुव्र्यवहार रोकी पशुकल्याण सुनिश्चित गर्न अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले पशुप्रति हुने गरेको दुव्र्यवहारलाई रोकी पशु कल्याण सुनिश्चित गर्न अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पशुपन्छी प्रति सबै प्रकारका अमानविय कार्यलाई नियन्त्रण गर्नका लागि ऐन तथा कानुनबारे जानकारी दिइएको थियो ।
पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर राम कुमार कार्कीले पशु कल्याणको इतिहास,नेपालमा पशुकल्याण सम्बन्धी व्यवस्था, पशु ढुवानी गर्न असावधानी भएको ठहरीने अवस्था, पशुकल्याण सम्बन्धी अन्तरराष्ट्रिय मापदण्ड, पशुकल्याण ऐनले सम्बोन्धन गरेको विषयहरु, पशुकल्याण सुनिश्चित गर्न सरोकारवालाहरुको समन्वय लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मानवको लागि अत्यावश्यक पर्ने वस्तुहरु परिपुर्ति गरिन्छ, त्यसरी नै पशुपन्छीका लागि मानवले हेरचाह, औषधी उपचार गरिनुपर्ने बताए । संविधानमै पशुको अधिकार सुनिश्चित गरिएकाले पनि पशुलाई ओसारपसार गर्दा, मासुका लागि प्रयोग गर्दा, विभिन्न कार्यमा पशुलाई प्रयोग गर्दा मानविय तरिकाले गर्नूपर्ने बताए ।
पशुप्रति कसैले कु्रर र निदर्यी व्यवहार गरेमा कारबाही हुन सक्ने भएकाले आफुले पालेको भन्दैमा विभिन्न वाहनामा कुटपिट गर्ने, आहारा तथा खान नदिई काम लगाउने लगायतका कार्य कोही कसैले गर्ननहुने बताए ।
पत्रकार महासँघ दोलखाका अध्यक्ष जीवन लामाले पशुकल्याणको सुनिश्चिताका लागि कलम चलाउन पत्रकारहरुलाई पनि आग्रह गरे ।
कानुनको कार्यान्वयन गर्न र वद्यशाला तथा पशुफार्ममा पशुको अवस्थाबारे जानकारीका लागि अनुगमन हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
साथै उनिहरुले पशुअधिकारका लागि जिल्लाका कुनै स्थानीय तहले विषेश किसिमको योजना नबनाइनु दुखद भएको बताएका छन् । कार्यक्रममा पशुपालक किसान, पशु प्राविधिक, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "पशु अधिकारका लागि दोलखामा अन्तरक्रिया"

Leave a comment

Your email address will not be published.


*