पशुपन्छी स्वास्थ्य शिविरबाट २ सय ५० जना कृषक लाभान्वित

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २९
दोलखाको विगु गाउँपालिका वडा नं. ५ स्थित साङ्बामा शुक्रबार सम्पन्न पशुपन्छी स्वास्थ्य शिविरबाट २ सय ५० जना कृषक लाभान्वित भएका छन् । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत शुक्रबार आयोजना गरिएको १ दिने पशुपन्छी स्वास्थ्य शिविरबाट किसानहरु लाभान्वित भएका हुन् । शिविरमा पशुको स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, औषधी वितरण, रेविज खोप, भाले पशुहरुको बन्ध्याकरण जस्ता सेवा उपलब्ध गराइएको थियो । जहाँ ३ सय ८० वटा गाईभैँसी र गोरु, ११ सय वटा भेडाबाख्रा र कुखुराको प्राथमिक उपचार गरिएको गाउँपालिकाका पशु सेवा प्राविधिक शेर बहादुर थामीले बताए । त्यसैगरी ५५ वटा भाले पशुको बन्ध्याकरण गरिएको र ९१ वटा कुकुरलाई रेबिज बिरुद्धको खोप लगाइएको छ । गाउँपालिकाका कृषकहरुको साझा समस्या पशुमा लाग्ने रोग हो । समयमैँ औषधीउपचार नपाई रोगका कारण पशुपन्छी मर्दा धेरै नोक्सान हुने गरेको छ । जसले गर्दा पशुपन्छी पालक किसानमा निराशा उत्पन्न हुने गरेको छ । उक्त समस्यालाई मध्यनजगर गरी गाउँमै भेटेरीनरी सेवा उपलब्ध गराउने र स्थानीय सरकार साथ रहेको महशुस गराउन पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो । यद्यपी किसानहरुले पर्याप्त पशु सेवा प्राविधिकहरु गाउँगाउँमा परिचालन गरी सधैँ यस्ता सेवा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

Shares

Be the first to comment on "पशुपन्छी स्वास्थ्य शिविरबाट २ सय ५० जना कृषक लाभान्वित"

Leave a comment

Your email address will not be published.


*