पशुपति चौलागाई स्मृति अस्पतालले डायलाइसिस सेवा सुरु गर्दै

चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोट स्थित पशुपति चौलागार्इँ स्मृति अस्पतालमा डायलाइसिस सेवा सुरु गर्न अन्तिम तयारी अबस्थामा पुगेको छ । सेवा सुरु गर्न तयारीमा लागेको अस्पतालले नव निर्मित अस्पतालको नयाँ भवनमा ४ वटा डायलाइसिस मेसिन जडान गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गत बर्ष अस्पताललाई प्रदान गरिएको डायलाइसिसका उपकरण जडान गर्ने ठाउँको अभाबमा थन्काइएर राखिएको थियो । अस्पतालमा नयाँ भवन निर्माणसँगै डायलाइसिसका ४ वटा मेसिन जडान गरिएको छ । बागमती प्रदेश सरकारले अर्को थप डायलाइसिसको मेसिन तथा उपकरण उपलब्ध गराएपछि त्यो मेसिन अस्पतालमा जडान गर्ने छ । त्यसपछि अस्पतालले डायलाइसिस सेवा सुरु गर्ने अस्पतालका अध्यक्ष भरत प्रधानले जानकारी दिनु भयो । अस्पतालले पाँच वटा डायलाइसिसका मेसिनका सेवा सुचारु गरेमा स्वास्थ्य मन्त्रालयमा अस्पताल सुचिकृत हुनेछ । अस्पताल सुचिकृत भएपछि विरामीलाई सेवा प्रदान गरे बापत रकम अस्पताललाई सरकारले अनुदान उपलब्ध गराउने अध्यक्ष प्रधानले जानकारी दिनुभयो । सो अनुदान रकम पाएपछि विरामीले निशुल्क डायलाइसिस सेवा पाउने छन् ।
यो सेवाको तयारी थालेको अस्पतालले सेवा सूचारु गर्न २ जना स्वास्थकर्मीलाई तालिमका लागि पठाएको छ । अब एक जना स्वास्थ्यकर्मीले तालिम लिएर आएपछि र प्रदेश सरकारले अस्पताललाई एउटा मेसिन उपलब्ध भएपछि यो सेवा सुरु गर्ने अस्पतालले जानकारी दिएको छ। यो सेवा सुचारु गर्न रिजर्भ पानी आवश्यक हुन्छ तर पानीको ट्याङकीको पनि निर्माण हुन बाकिँ छ।यसलाई सुचारु गर्नकका लागि २० हजार लिटर पानी अट्ने क्षमताको ट्याकी आवश्यक रहेको छ । जसको लागि समेत आर्थिक अभाब रहेको अध्यक्ष प्रधानले बताउनु भयो । अस्पतालमा रहेको जगेडाको कोषबाट रकमलाई प्रयोग गरेर ट्याङकी निर्माण गरिने उहाँको भनाई रहेको छ । एक महिना भित्र पानीको ट्याङ्की निर्माण पछि यो सेवा सुचारु हुने उहाँले बताउनु भयो ।
शरिरमा रहेका २ वटै मिर्गौला खराब वा फेल भएपछि कृत्रिम रुपमा मिर्गौलाको काममा सघाउने विधि डाइलाइसिस हो ।स्वस्थ मिर्गौलाले गर्ने काम डायलाइसिस गर्दा मेसिनमार्फत कृत्रिम रुपमा गर्ने गर्दछ । जब मिर्गौलाले आफ्नो कार्यक्षमताको ८५ देखि ९० प्रतिशत क्षमता गुमाउँछ तब डायलाइसिसको आवश्यकता पर्ने चिकित्सकहरु भनाई रहेको छ । डायलाइसिस गर्ने विरामीले हप्ताको दुई–तीन पटकसम्म गर्नु पर्ने हुन्छ । यो सेवा महँगो सेवामा पर्दछ । डायलाइसिस गरे वापत सरकारले प्रत्येक विरामीलाई सो बापतको अनुदान उपलब्ध गराउदै आएको छ ।

Shares

Be the first to comment on "पशुपति चौलागाई स्मृति अस्पतालले डायलाइसिस सेवा सुरु गर्दै"

Leave a comment

Your email address will not be published.


*