पशुपति चौलागाईं स्मृति पुरुष भलिवल प्रतियोगिता हुँदै

चरिकोट (दीस) ः दोलखा जिल्लास्तरीय अन्तरपालिका पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । बैतेश्वर गाउँपालिकाको वडा ५ स्थित देउराली खेल मैदान सो प्रतियोगिता हुने भएको हो  ।
प्रतियोगिता जेष्ठ ३ गतेबाट सुरु हुने छ । पशुपति चौँलागाई फाउण्डेशनको आयोजनामा तथा काबे्र युवा सञ्जालको व्यवस्थापनमा हुने प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, द्धितिय हुने टिमले एक लाख र तृतीय टिमले पुरस्कार ५० हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक संंस्थाको भनाई रहेको छ । प्रतियोगिताको समापन जेष्ठ ७ गते हुने बताइएको छ ।ै

Shares

Be the first to comment on "पशुपति चौलागाईं स्मृति पुरुष भलिवल प्रतियोगिता हुँदै"

Leave a comment

Your email address will not be published.


*