पशुपतिनाथको जल बोकेर पैदलयात्रा

दीक्षण समाचार
चरिकोट, साउन २
दोलखाको मेलुङ गाउँपालिकाका वडा नं. १ पवटीका विष्णु थापाले काठमाडौँको पशुपतिनाथ मन्दिरदेखि दोलखाको भीमेश्वर मन्दिरसम्मको पैदल यात्रा सुरु गर्नुभएको छ । दोलखाको पर्यटकीय एवं धार्मिक स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्य सहित पशुपतिनाथको जल बोकेर थापाले सोमबारदेखि एक्लै पैदलयात्रा सुरु गर्नुभएको हो । “देशमा अनिष्ट नहोस्, शान्ति छाओस्,” भनी शान्ति र समृद्धिको कामना सहित यात्रा सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले २०७० पुस ५ गते भीमेश्वरको शीलामा पसिना आउँदा पशुपतिनाथ मन्दिरदेखि उल्टो गाडी चलाएर भीमेश्वर मन्दिर पुगी जल चढाउनुभएको थियो । सो बेला उहाँले देशमा अनिष्ट नहोस् भन्ने कामना गर्नुभएको थियो ।

Shares

Be the first to comment on "पशुपतिनाथको जल बोकेर पैदलयात्रा"

Leave a comment

Your email address will not be published.


*