पर्यटन मैत्री व्यवहार गर्न सांसद चौलागाईको आग्रह

ईस्वर विक
चरिकोट –३ नम्बर प्रदेश सभा सदस्य पशुपति चौलागाईँले दोलखा सम्पुर्ण निकायलाई पर्यटन मैत्री बनाउन आग्रह गरेका छन् । चरिकोटमा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा उनले दोलखाको विभिन्न निकायलाई पर्यटन मैत्री हुन र पर्यटकलाई आकर्षण गर्न आग्रह गरेका हुन् । उनले जिल्लाका कतिपय होटलको पर्यटक प्रतिको र्दुव्यव्यवहारबाट पर्यटनमा कमी आउने भएकाले त्यस्ता कार्य नगरि अतिथि देवो भव भन्ने भनाईलाई व्यवहारमा उतारी पर्यटन वर्ष सफल पार्न आग्रह गरे । कुनै स्थलमा पर्यटकलाई राम्रो व्यवहार गरेमा पर्यटकहरु दोहोराएर सो स्थलमा आउने गर्दछन् त्यसैले पर्यटक मैत्री व्यवहार गर्नुपर्दछ उनले भने । पर्यटक भित्र्याउन सकेमामात्र जिल्लाको विकास हुने भएकाले पर्यटकलाई दुख दिने, ठग्ने, जिस्काउने, होच्याउने जस्ता क्रियाकलाप नगर्न पनि उनले अनुरोध गरे । साथै नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न जिल्ला स्तर सहजीकरण तथा आयोजक समिति गठन गरिएको छ । शुक्रबार चरिकोटमा आयोजित भ्रमण वर्ष सफल बनाउन जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल बाट ९१ सदस्यीय समिति गठन गरिएको छ । समितिको अध्यक्ष जिसस प्रमुख डबल पाण्डे रहेका छन् ।
समितिको सदस्यहरुमा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, जिसस उपप्रमुख मनमाया जिरेल, तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, कालिञ्चोक गापा अध्यक्ष विनकुमार थामी, विगु गापाका अध्यक्ष युधिष्ठीर खड्का, गौरीशंकर गापाका अध्यक्ष सोयम बहादुर खड्का, बैतेश्वर गापाका अध्यक्ष छवि लामा रहेका छन् ।
त्यसैगरि समितिको सदस्यहरुमा जिल्लाका होटल सञ्चालक, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका छन् । साथै जिल्लाका ९ वटै स्थानिय तहमा पर्यटन वर्ष सफल पार्न समिति गठन गरिने जिससले जनाएको छ । समितिले जिल्लाको पर्यटकिय स्थलहरुको प्रचारप्रसारका साथै पर्यटक भित्र्यान विभिन्न निकायसँग समन्वय तथा सहजीकरण गरिने समितिका अध्यक्ष, जिसस प्रमुख डबल पाण्डेले बताए ।

Shares

Be the first to comment on "पर्यटन मैत्री व्यवहार गर्न सांसद चौलागाईको आग्रह"

Leave a comment

Your email address will not be published.


*