पर्यटन दिवसमा चरिकोटमा रेस्लिङ प्रतियोगिता हुने

ईश्वर बिश्वकर्म
चरिकोट, असोज ४
चाडपर्व र संसदीय चुनाव नजिकिदैँ छ । तर पर्यटकीय जिल्ला दोलखाको होटल, बजार र पर्यटकीय क्षेत्र अझैँ पनि सुनशान छ । कोरोनाले सुस्ताएको पर्यटन क्षेत्र लयमा फर्किनै सकेको छैन । पर्यटकीय चहलपहल सुस्त हुँदा पर्यटन व्यावसायीहरु चिन्तामा छन् । पर्यटन जस्तै जिल्लाको खेल क्षेत्र पनि ठप्प छ । कोरोना पूर्व राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना हुने गरेकोमा अहिले स्थानीय स्तरका खेल प्रतियोगिता समेत सञ्चालन भएको छैन। यसरी सुस्ताएको पर्यटन र खेल क्षेत्रको विषयमा चिन्ता मात्र लिने तर काम हुन नसकेको बेला जिल्लामा अन्तर्राष्ट्रिय स्तरको रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता सञ्चालन हुँदा सुस्ताएको पर्यटन र खेल क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते सहासिक खेल रेस्लिङ प्रतियोगिता हुन लागेको हो । दोलखा युवा सञ्जाल र बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा कालिञ्चोक माविको प्राङ्गणमा प्रतियोगिता तय गरिएको छ । जिल्लाको सांस्कृतिक, धार्मिक र पर्यकीय पहिचानलाई फराकिलो बनाउदैँ विश्वमा लोकप्रियता खेल रेस्लिङको विकास र विस्तार गर्ने प्रतियोगिताको उद्धेश्य रहेको दोलखा युवा सञ्जालले जनाएको छ । प्रतियोगिता सञ्चालन हुने मिति नजिकिदै गर्दा आयोजकले तयारीलाई तीव्र पारेको छ । प्रतियोगिता सफलताका लागि आयोजकले आवश्यक सहयोग र सहकार्यको आह्वान गरेको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका १८ भन्दा बढी रेस्लरको प्रतिस्पर्धा हुने दोलखा युवा सञ्जालका अध्यक्ष पुस्कर अधिकारीले बताउनु भयो । टेलिभिजन र मोबाइलको पर्दामा विदेशमा हुने रेस्लिङ प्रतियोगिता हेरेर मज्जा लिइरहेका दर्शकका लागि प्रत्यक्ष रेस्लिङ हेर्ने सुवर्ण अवसर चरिकोटमा हुने प्रतियोगिता हो ।

Shares

Be the first to comment on "पर्यटन दिवसमा चरिकोटमा रेस्लिङ प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*