पर्यटक तान्न पदमार्ग निर्माण गरिदैँ

इश्वर बिश्वकर्मा
चरिकोट, माघ १७
सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण बर्ष’ को रुपमा घोषणा गरेकै बर्ष विभिन्न राष्ट्र हुदैं नेपालमा पनि कोरोना भाइरस (कोभिड(१९) प्रवेश गर्यो । जसले गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको भ्रमण बर्ष स्थगित गर्न सरकार बाध्य भयो । कोरोनाको कारण अन्य क्षेत्र सगैं पर्यटन क्षेत्र धरासायी बन्न पुग्यो । कोरोनाले पर्यटन व्यवसायीहरु आर्थिक तथा मानसिक रुपमा शिथिल बन्न पुगेका बेला कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएसँगै पर्यटन क्षेत्रले गति लिने भन्दै उनिहरु उत्साहित बनेका छन् । यसैबिच जिल्लाका स्थानीय सरकारले पनि थप पर्यटन पुर्वाधार निर्माण गर्न जुर्मुराउन थालेका छन् । जिल्लाको भीमेश्वर नगरपालिकाले कोरोना भाइरसको कारण बेरोजगार बनेकाहरुलाई रोजगार कार्यक्रम गरी पदमार्ग निर्माण कार्य सञ्चालन गरिरहेको छ । वडा नं. ४ स्थित वृन्दावन देखि साहित्यिक पार्क सम्म र वडा नं. २ स्थित मञ्जुश्री पार्क देखि वडा नं. ६ मा अवस्थित भ्युटावर सम्म आकर्षक पदमार्ग निर्माणको काम सञ्चालन भईरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण आयोजना अन्तर्गत युवाहरुलाई रोजगार प्रदान गरी पदमार्ग निर्माण कार्य सञ्चालन भइरहेको हो । नगरका रोजगार संयोजक डम्बर प्रसाद ओलीका अनुसार मञ्जुश्री पार्कदेखि भ्युटावर सम्म ३१ लाख २ हजारमा लागतमा साढे दुई किलोमिटर पदमार्ग निर्माण हुनेछ । पदमार्गमा करिब ३६ सय ३५ वटा सिंढी निर्माण हुने छन् ।

यता वडा नं. ४ स्थित वृन्दावन देखि साहित्यिक पार्कसम्म २० लाख ६८ हजार लागतमा १८ सय ५० मिटर लामो पदमार्ग निर्माण कार्य भइरहेको छ । जसमा २३ सय सिंढी निर्माण गरिनेछ । वडा तथा पालिकाको पर्यटन क्षेत्रमा सम्बृद्धि हासिल गर्न ‘कोसेढुङ्गा’ को रुपमा पदमार्ग स्थापित हुने नगरका प्रवक्ता एवम् वडा नं. ४ का वडाध्यक्ष हरिवंश चौलागाईंले बताए । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरि अर्थोपार्जन गर्ने योजना सहित पदमार्ग निर्माण कार्य सञ्चालन गरिएको उनले बताए । साँस्कृतिक, धार्मिक, प्राकृतिक रूपमा शुसम्पन्न नगरमा पर्यटन प्रवद्र्धनका लागि पदमार्ग पर्यटकको आकर्षक गन्तव्य बन्नेछ । पदमार्गमा चौतारी ( विश्रामस्थल) खानेपानीको धारा सहित अन्य पुर्वाधारको व्यवस्थापन गर्न सकिएमा ‘सुनमा सुगन्ध’ हुने प्रवक्ता एवम् वडाध्यक्ष चौलागाईंले बताए । नगरले आफुहरुलाई रोजगार प्रदान गर्दै पदमार्ग निर्माण कार्य सञ्चालन गरेकोमा खुशी लागेको वडा नं. ४ का तिलक प्रसाद सापकोटाले बताए । पदमार्ग गुणस्तरीय निर्माण भइरहेको बताउँदै उनले पदमार्गमा सफारी गरि बृन्दावन महाँकाल मन्दिर, जलेश्वर मन्दिर, नमुना बस्ती लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरु भ्रमण गर्न निम्तो गरेका छन् । सोही वडाका रामजी प्रसाद चौलागाईंले गत वर्षहरुमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सन्तोष जनक काम नभएको तर यो बर्ष भने अत्यन्त राम्रो र अन्य पालिकाको निम्ति उदाहरणीय र अनुकरणीययोग्य कार्य भएको बताए ।

३ हजार ५ सय ६६ जना सुचिकृत
भीमेश्वर नगरपालिकामा १८ वर्ष देखि ४० वर्ष उमेर समुहका ३ हजार भन्दा व्यक्तीहरु प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएका छन् । चालु आर्थिक वर्ष ३ हजार ५ सय ६६ जना व्यक्तीहरु रोजगार कार्यक्रममा सुचिकृत भएका हुन् । सुचिकृत मध्ये पुरुषको तुलनामा महिला धेरै रहेका छन् । जसमा १ हजार ७ सय ६१ जना पुरुष र १ हजार ८ सय ३ जना महिला सुचिकृत भएका रोजगार संयोजक ओलीले बताए । वडा नं. ९ मा अन्य वडाको तुलनामा धेरै व्यक्तीहरु सुचिकृत भएका छन् । उक्त वडामा ५ सय ३९ जना महिला सुचिकृत भएका छन् । त्यस्तै ४ सय ९९ जना पुरुष सुचिकृत भएका छन् । महिला र पुरुष दुबै गरि १ हजार ३९ जना रोजगार कार्यक्रममा सुचिकृत भएका छन् । वडा नं. ६ मा सबैभन्दा कम अर्थात् १ सय ४४ जनामात्रै सुचिकृत भएका छन् । जहाँ ९३ पुरुष र ५१ जना महिला सुचिकृत भएका छन् । रोजगार संयोजक ओलीका अनुसार वडा नं. १ मा ३ सय २३ पुरुष र ३ सय ४१ जना महिला गरि ६६४ जना, वडा नं. २ का २ सय ५३ जना पुरुष र २ सय २५ जना महिला गरि ४ सय ७८ जना बेराजगार व्यक्तीहरु सुचिकृत भएका छन् । वडा नं. ३ का १ सय १२ र १ सय २६ जना महिला गरि २ सय ३८ जना, वडा नं. ४ का ५० जना पुरुष र १ सय १९ जना महिला गरि १ सय ६९ जना, वडा नं. ५ मा १ सय १२ पुरुष र ८२ जना महिला, वडा नं. ७ मा १ सय ७६ जना पुरुष र १ सय ६४ जना महिला गरि ३ सय ४० जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सुचिकृत भएका छन् । त्यस्तै वडा नं. ८ मा १ सय ३ जना पुरुष र १ सय ९६ जना महिला प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा लागि सुचिकृत भएका छन् । वडा नं. २ र ४ मा पदमार्ग निर्माणमा बेरोजगारहरुलाई रोजगारी दिइएको छ । अन्य वडामा भने केही समयपछि रोजगार कार्यक्रम अन्र्तगत कार्यक्रम सुरु हुने छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएकाहरुले न्यूनतम १ सय दिनको रोजगारी पाउने छन् । गाउँघरकै बेरोजगार व्यक्तीहरुलाई काममा लगाएर रोजगारीका सगैँ विकास निर्माणको कार्य पनि गुणस्तरीय हुने र अपन्तत्व हुने भएकोले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको सरोकारवाला बताउँछन् । महिला र पुरुषले काम र समान ज्याला प्राप्त गर्ने भएकाले अझ यो कार्यक्रम लोकप्रिय बनेको छ । भने स्थानीय स्तरमा विकास निर्माणको कार्यका लागि बाहिरबाट मजदुर ल्याउनु पर्ने बाध्यता हटेको छ ।

Shares

Be the first to comment on "पर्यटक तान्न पदमार्ग निर्माण गरिदैँ"

Leave a comment

Your email address will not be published.


*