परोकार महिला साकोसद्धारा व्यवसाय निरन्तरता योजना पारित

अनिल दहाल
चरिकोट, असोज १५
चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको व्यवसाय निरन्तरता योजना पारित गरेको छ ।
संस्थाको आश्विन १४ गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि सो योजना पारित गरेको हो ।

कोभिड–१९ को महामारीको कारण नेपाल लगायत विश्व नै आक्रान्त भई समग्र अर्थतन्त्र नै शिथिल भईरहेको र नेपाली अर्थतन्त्र समेत यसबाट नराम्रोसँग प्रभावित हुन पुगेको परिस्थितिलाई मध्येनजर गरी संस्थालाई कसरी सञ्चालन गर्ने भन्ने विषयहरु समेत योजनामा समावेश गरिएका छन् ।
कोरोना भाईरसले सहकारीका आमसदस्य, कर्मचारी र संस्थालाई कसरी असर गरिरहेको छ, कुन कुन क्षेत्रमा यसले जोखिम सृजना गरेको छ र उक्त जोखिम न्यूनिकरण गर्न संस्थाले कस्तो कस्तो पहलकदमी गर्नेछ , भन्ने कुरा मुलभुत रुपमा उक्त योजनाले समेटेको संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले बताइन् ।
कोभिड १९ को प्रकोपका वीच पनि संस्थालाई सुरक्षित तवरले सञ्चालन गर्दै सदस्य सेवामा समर्पित रहने, सदस्यहरुलाई कोभिड १९ बाट बच्नको लागि सुरक्षात्मक तथा निवारणात्मक कृयाकलापमा संलग्न गराउने, सदस्यहरुलाई महामारी लगायतका आकस्मिकताका लागि पूर्वतयारी गर्न लगाउने यस योजनाका मुख्य लक्ष्य रहेका छन् ।
कोभिड १९ को असर परीक्षण तथा सदस्यहरुको पछिल्लो वित्तिय सक्षमता पहिचान सम्बन्धी सर्वेक्षण समेत सम्पन्न गरी सोबाट प्राप्त भएको तथ्यांकहरुको आधारमा संस्थाले आ.व. २०७७÷०७८ को अनुमानित नगद प्रवाह प्रक्षेपण, ऋणी सदस्यहरुको ऋण फिर्ता गर्ने क्षमता तथा सदस्यहरुमा कोरोना भाईरसले पारेको आर्थिक, सामाजिक तथा मनौबैज्ञानिक असरको समेत पहिचान गरेको कुरा संस्थाकी अध्यक्ष सापकोटाले जानकारी दिइन्। व्यवसाय निरन्तर योजनाको लागि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि (नेफ्स्कुन) को प्राविधिक सहयोग रहेको थियो ।

Shares

Be the first to comment on "परोकार महिला साकोसद्धारा व्यवसाय निरन्तरता योजना पारित"

Leave a comment

Your email address will not be published.


*